बेलहियासहितका सीमा नाका ४८ घण्टा बन्द हुँदै « Khabarhub

बेलहियासहितका सीमा नाका ४८ घण्टा बन्द हुँदै


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बेलहियासहित रुपन्देहीसँग जोडिएको भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ। भारतको उत्तर प्रदेश महरागंजमा बिहीबार (मे ४ मा) हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल–भारत सिमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो।

१२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाकाहरू बन्द गर्न लागिएको हो। चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजेसम्म)सिमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए। दुवै देशको प्रशासनका अधिकारीहरूको बैठकले १९ गते देखि २१ गते साँझ ६ बजे सम्मका लागि पूर्ण रूपमा सिमानाका सिल गर्ने निर्णय भएको हो।

सीमा बन्द भए पनि अति आवश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ। पेट्रोलियम पदार्थ,एम्बुलेन्स, शव वाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेक अन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनलाई नै लक्षित गरी नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ। निर्वाचनका समय आपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ। सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूले पनि संयुक्त गस्ती गर्ने छन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ५८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको