कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला चितवन राप्ती नगरपालिका-९ लालपुर स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने, कम्बोडिया जान प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि सेक्युरिटी गार्डको काम लगाइदिने मासिक एक लाख बढी तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा परी पीडितबाट पटक पटक गरी ७ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई वैशाख १९ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : २५ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी