पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध « Khabarhub

पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघार जना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो । 

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघार जना घाइते भएका छन् । दुर्घटनापश्चात स्थानीयवासीले सडक अवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए । स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेको छन् । घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । 

घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहेका नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए। ‘घुम्तीमा एक्काीस ट्रले आएर ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्,’ अधिकारीले भने। 

ठक्करबाट दश वर्षीया जस्मि भुजेल, सात वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, सात वर्षीया आयुषा भुजेल, दश वर्षीय ईश्वर भुजेल, आठ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : १५ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका