युक्रेनी राष्ट्रपति जेलेन्स्की अचानक फिनल्याण्डमा « Khabarhub

युक्रेनी राष्ट्रपति जेलेन्स्की अचानक फिनल्याण्डमा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हेलसिन्की– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आएका छन् । पाँच राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिन्निस राष्ट्रपति साउली निनिस्टोले बताएका छन्  ।

युक्रेनी राष्ट्रपतिले आफ्ना फिन्निस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उनले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।

युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गर्ने छन् ।

नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गरेको उनका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ४८ बजे

‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’

चितवन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाले प्रतिशोधको राजनीति गर्दैन : सभापति लामिछाने

भरतपुर (चितवन)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने