मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु « Khabarhub

मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

ज्यान गुमाउनेमा मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ रहेका छन् । निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए । उनको शव पोष्टमर्टमका लागि शव टिचिङ अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : ०० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र