यूएनएचसीआर नेपाल प्रमुखमा मोनिक सोखान‌, पदभार ग्रहण « Khabarhub

यूएनएचसीआर नेपाल प्रमुखमा मोनिक सोखान‌, पदभार ग्रहण


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) नेपालकी नवनियुक्त प्रतिनिधि मोनिक सोखानले पदभार ग्रहण गरेकी छिन्‌ ।

कम्बोडिया र फ्रान्सकी नागरिक सोखान यूएनएचसीआरको बैंककस्थित एसिया तथा प्रशान्त ब्यूरोमा क्षेत्रीय वरिष्ठ संरक्षण संयोजकको कार्यकाल पूरा गरी नेपालमा यूएनएचसीआर प्रतिनिधिको रूपमा आएकी हुन्‌ ।

सोखानले मङ्गलबार दिउँसो नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र पेश गरी नेपालमा युएनचएसीआर प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हालेकी हुन्‌ ।

पदभार ग्रहण गर्दै सोखानले भनिन्‌, ‘नेपालमा यूएनएचसीआर प्रतिनिधिको रूपमा कार्य गर्न पाउँदा म आफूलाई धेरै सम्मानित महसुस गरिरहेकी छु । यूएनएचसीआर र नेपालबीच सन् १९६० को दशकदेखि शरणार्थी मामिलामा सहकार्य हुँदै आएको लामो इतिहास छ ।’

मानवता र करुणाको मर्मलाई आत्मसात् गर्दै सङ्घर्ष र उत्पीडनबाट विस्थापित लाखौँ मानिसहरूको जीवन सहजताका लागि यूएनएचसीआरले अथक सहकार्य गर्दै आएको सोखानले उल्लेख गरिन्‌ । साथैस नेपालका जनताले विभिन्न चुनौतीका बाबजूद शरणार्थीको संरक्षण गर्ने र उनीहरूको कठिनाइको समाधान खोज्ने अनुकरणीय परम्परा स्थापित गरेको पनि बताइन्‌ ।

उनले थपिन्‌, ‘म शरणार्थीहरू र यूएनएचसीआरले सहयोग गर्ने अन्य व्यक्तिहरूको हित र कल्याणसँग सम्बन्धित बाँकी रहेका सवालहरूको समाधानका लागि नेपाल सरकार र सबै पक्षहरूसँग रचनात्मक संवाद र सहयोगलाई निरन्तरता दिन पूर्ण प्रतिबद्ध छु ।’

सोखानले २५ वर्षभन्दा बढी थाइल्याण्ड, कम्बोडिया, पश्चिम टिमोर (इन्डोनेसिया), मङ्‌गोलिया, बोस्निया-हर्जेगोभिना, सुडान, आइभोनरी कोस्ट, हङकङ, इथियोपिया, हैटी र लेबनानमा मानवीय र शरणार्थी मुद्दामा काम गरेकी छिन्‌ ।

उनीसँग जेनेभास्थिति यूएनएचसीआरको प्रधान कार्यालयमा अफ्रिकाका लागि क्षेत्रीय ब्यूरोमा र कम्बोडियाको न्यायालयको विशेष न्यायाधिकरणमा रहेर काम गरेको अनुभव समेत रहेको सो राष्ट्रसङ्घीय एजेन्सीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : ४५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष