‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ’ « Khabarhub

‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ’


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएको सुनाए । बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ’, उनले भने । 

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । 

उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताए । 

अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गरे।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १ : ४७ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा