बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्दै « Khabarhub

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्दै


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए । उनका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक/एक जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

उनीहरु सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा रवि शर्मा वाग्लेले सङ्क्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेङ्गु सङ्क्रमण बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेङ्गुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : २९ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि