नेपोलीले ३३ वर्षपछि इटालियन सिरीको ए उपाधि जित्यो « Khabarhub

नेपोलीले ३३ वर्षपछि इटालियन सिरीको ए उपाधि जित्यो


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपोलीले ३३ वर्षपछि इटालियन सिरीको ए उपाधि जितेको छ । उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालियन सिरीको यो उपाधि जितेको थियो ।

डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले पहिलो हाफमा अग्रता लिएको थियो तर दोस्रो हाफको सुरुवाती अर्थात ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल फर्काउदै खेललाई बराबरीमा मात्रै ल्याएनन्, नेपोलीलाई उपाधि जित्नका लागि निर्णायक गोलसमेत गरिदिए ।

नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पनि पछिल्लो तीन सिजनमा भने तीन फरक फरक टोली च्याम्पियन बनाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेको रेकर्ड कायम रहेको भए पनि त्यसपछिको यताका तीन सिजनमा भने इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ४६ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली