टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की (भिडियो) « Khabarhub

टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की (भिडियो)


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

अंकारा- रुस र युक्रेनबीच युद्ध जारी छ । केही दिनअघि रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण भएको रुसी पक्षले जनाएको थियो । त्यसपछि रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो । यस क्रममा दुई मुलुकका कूटनीतिक प्रतिनिधिहरुबीच सार्वजनिक रुपमै हात हालाहाल भएको छ ।

रुस र युक्रेनका कूटनीतिज्ञहरु टर्कीको राजधानी अंकारामा आयोजित एक सम्मेलनमा हात हालाहालमा उत्रेका हुन् । अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच धक्कामुक्की भएको भिडियो सार्वजनिक भएको छ ।

रुसी प्रतिनिधिले बैठकमा राखिएको युक्रेनको झण्ड खोसेर हिँडेपछि युक्रेनी प्रतिनिधिले उनीमाथि मुक्का प्रहार गरेको उक्त भिडियोमा देखिन्छ । युक्रेन र रुसका प्रतिनिधिहरुबीच भएको यो धक्कामुक्कीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा युक्रेनी सांसद ओलेक्जेन्डर मारिकोभस्की आफ्नो देशको झण्डा लिएर उभिएको देखाइएको छ । यसैबीच, एक रुसी प्रतिनिधि पछाडिबाट आएर युक्रेनी झण्डा लिएर जान्छन् । यो देखेर क्रुद्ध भएका युक्रेनी प्रतिनिधि रुसी प्रतिनिधिको पछि लाग्छन् र उनको अनुहारमा मुक्का प्रहार गर्छन् । यसक्रममा दुबैलाई त्यहाँ रहेका अन्य मानिसहरुले रोक्ने प्रयास गरेको पनि भिडियोमा देखिन्छ ।

भिडियो-

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : ४८ बजे

आजको मौसम पूर्वानुमान : काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस मापन

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

हाम्रा पर्व विविधतामा एकता चिनाउने अवसर हुन् : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई

एनपीएलमा आज दुई खेल : दुई कुशलसँग भिड्दै करण र दीपेन्द्र

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा