बेलायती नरेश चार्ल्स तृतीयको राज्याभिषेक आज « Khabarhub

बेलायती नरेश चार्ल्स तृतीयको राज्याभिषेक आज


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायती नरेश चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ  । लण्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ श्रीपेच पहिराइने छ ।

सो समारोहमा भाग लिन विश्वभरबाट दुई हजारभन्दा धेरै अति विशिष्ट पाहुनाहरु बेलायत पुगेका छन् । यसरी आउने पाहुनाहरुमा विभिन्न देशका राजा एवम् राजपरिवारका सदस्यहरु, विभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी छन् ।

आज हुने विशेष समारोहमा राजा चार्ल्स एवम् रानी क्वीन कन्सोर्ट क्यामिलालाई श्रीपेच पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलोग्राम तौल भएको सुन र हीरा जवाहरातजडित श्रीपेच राजा चार्ल्सको शिरमा पहि¥याइनेछ ।

सो श्रीपेच यसअघि सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।

महारानी एलिजाबेथको निधन भएपछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ९ : १२ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ