काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज यहाँ कर्मचारीलाई निर्देशन दिँदै उहाँले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिए । “उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुप¥यो ?” उनले भने, “अहिले भएका पुराना उपकरण के कस्ता कहाँ रहेका छन् । तिनीहरू बनाएर प्रयोग नगरेसम्म खरिद प्रक्रियामा जानु हुँदैन ।”
उनले एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे आफूलाई जानकारी गराउनसमेत निर्देशन दिए। उनले स्वास्थ्य मन्त्रालयल संवेदनशील भएकाले जभाभावी बिदामा पनि नबस्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री बस्नेतले आफू सफल हुनु भनेको कर्मचारीले राम्रो काम गरेपछि हुने भन्दै कर्मचारीलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे । “म सफल हुने भनेको तपाईंहरूले काम गरेर मात्र हुने हो”, उनले भने, “तपाईंहरूले आफ्नो कर्तव्य पालन भएर काम गर्नुपर्दछ । आन्तरिक काम तपाईंहरूले गर्ने हो । म टिमको नेतृत्व गरेर काम गर्दछु ।”













प्रतिक्रिया