गोरखाबाट हत्या आरोपमा एक जना पक्राउ « Khabarhub

गोरखाबाट हत्या आरोपमा एक जना पक्राउ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् ।

१७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशङ्का गरिएको थियो । इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटा कमाण्डको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए ।

पक्राउ परेका धुनडुप विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको