चैतसम्म विप्रेषण आप्रवाहमा २४.२ प्रतिशतले वृद्धि « Khabarhub

चैतसम्म विप्रेषण आप्रवाहमा २४.२ प्रतिशतले वृद्धि


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९-८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।

गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह वृद्धिदर १३ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ दशमलव ५ प्रतिशतले बढेर ३ तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा पाँच दशमलव पाँच प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९९ दशमलव ९ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : १५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले