त्रिभुवन विश्वविद्यालयमा ‘भिडियो पत्रिका’ सञ्चालन « Khabarhub

त्रिभुवन विश्वविद्यालयमा ‘भिडियो पत्रिका’ सञ्चालन


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट संकायका विद्यार्थीले पहिलो पटक भिडियोपत्रिका सञ्चालनमा ल्याएका छन् । मंगलबार आयोजित समारोहमा  विश्वविद्यालयको व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले ‘स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटी (एसओएमटीयू)’नामक भिडियो पत्रिका शुभारम्भ गरेका हुन्  । 

उनले उद्यमशील व्यक्ति र विद्यार्थीबीच अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अध्ययन गर्न सहज हुनाका साथै मुलुक र समाजका लागि आवश्यक कुरा तथा वर्तमानको आवश्यकताबारे छलफल गर्न यो भिडियो पत्रिका उपयुक्त हुने बताए । 

मानव स्रोत, वाणिज्य, प्रविधि, बजारीकरण, उत्पादन, भिडियो सम्पादनका विषयवस्तु र अनुसन्धानजस्तो पक्ष समावेश रहेको भिडियो पत्रिकाबाट विद्यार्थीले संस्थाको कार्यसञ्चालनको पद्धतिबारे सिक्न सक्ने बताइएको छ । यस संकायमा अध्ययन गरेर दिगो व्यवसाय र उद्यमशीलतामा सफल पूर्वविद्यार्थीको कथा पनि मासिकरुपमा भिडियोमार्फत प्रस्तुत गरिने भिडियो सम्पादक मञ्जिल खुलालले जानकारी दिएका छन् । 

‘भिडियो पत्रिकाले संस्थाबारे  विश्वविद्यालयमै अध्ययन गर्ने अवसर दिन्छ । विद्यार्थीले आफूसँग भएको प्रतिभालाई देखाउन सक्नेछन्’, उनले भने, ‘हाम्रो प्रमुख उद्देश्य भनेको विद्यार्थीको प्रतिभालाई डिजिटलरुपमा समृद्ध तुल्याउनु हो ।’ नेपाली विश्वविद्यालयमा पहिलो पटक यसरी भिडियोपत्रिका सञ्चालनमा ल्याइएको समेत सम्पादक खुलालले जानकारी दिए। गंगाराम विश्वकर्मा प्रधान सम्पादक रहेको सो पत्रिकामा खुलालसहित नरेश मुखिया, शरद श्रेष्ठ र सन्तोष शाह भिडियो सम्पादक हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ३१ बजे

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई