नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा सुरु  « Khabarhub

नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा सुरु 


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एपीएफ अस्पतालमामा वैशाख २७ गते देखि डायलाईसिस सेवा सुरु भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको बुधबार उद्घाटन गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलिसिस र मिर्गौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि सुरु भएको डायलाईसिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याउने  विश्वास व्यक्त गरे ।

उनले नेपाल एपीएफ अस्पतालमा आइसियु तथा भेन्टीलेटरको सुविधा रहेको भएता पनि आपत्कालीन अवस्थामा बिरामीलाई डायलाईसिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र बिरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यता लाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहने समेत बताए ।

महानिरीक्षक अर्यालले अस्पतालमा डायलिसिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयवासी लगायत

आम सर्वसाधारण तथा विपन्न नागरिकहरूले पनि सेवा पाउने बताउँदै नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पूर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे  ।

उनले नेपाल एपीएफ अस्पतालको सेवा विस्तार कार्यमा संगठनलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने संघिय प्रादेशिक तथा स्थानीय निकायहरू साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी
संघ संस्थाहरू लगायत सरोकारवाला निकायहरूलाई हार्दिक धन्यवाद दिए ।

धन्यवादको क्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रूपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल ६ बेड क्षमताको डायलाईसिस सेवा सञ्चालनमा ल्याई आगामी दिनमा अन्य सेवा सुविधाहरु समेत विस्तार गरिँदै लगिने बताए ।

डायलिसिस सेवा सञ्चालनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट ४ थान र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १ थान डायलाईसिस मेसिन प्राप्त भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं पदाधिकारीहरू, स्वास्थ्य सेवा विभागका महानिर्देशक, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख, सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ४ : १६ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र