प्रलोभनमा परेर धर्म परिवर्तन नगरौँ : सांसद कोइराला « Khabarhub

प्रलोभनमा परेर धर्म परिवर्तन नगरौँ : सांसद कोइराला


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं सांसद डा शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराए ।

नेता कोइरालाले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई भन्ने र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन, यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौँ ।” नेता कोइरालाले आफूलाई धर्म परिवर्तनको प्रस्ताव आएको स्मरण गर्दै सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेकामा चिन्ता व्यक्त गरे ।

धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने बताउँदै उनले भने, “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन, सभ्य समाज नभई सभ्य र सुसंस्कृत राष्ट्र बन्न सक्दैन ।” उनले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएकोसमेत उल्लेख गरे ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद सङ्ग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । चार कट्ठा दुई धुर जग्गामा करिब रु एक करोडको लागतमा मन्दिर निर्माण गरिएको छ भने मन्दिरस्थलमा आजदेखि जेठ ४ गतेसम्म श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ३४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब