'जिउँदा सहिद' कायस्थको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

‘जिउँदा सहिद’ कायस्थको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जिउँदा सहिद’मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दोस्रो जनआन्दोलनका घाइते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।

‘दोस्रो जनआन्दोलनका घाइते  ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

३२ बर्सिया कायस्थको उपचारको क्रममा गए राति शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिनेछ।

स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई अस्पतालमा भर्ना गरिएको थियो । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो ।

जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ९ : २० बजे

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

काठमाडौं– फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले