निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा « Khabarhub

निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेस्थित नेपाल-भारत सीमानाका जमुनाहमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माणको काम अबको डेढ महिनाभित्र पूरा हुने भएको छ । 

यही मे महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि यसको निर्माणको काम भने अबको डेढ महिनाभित्र पूरा हुने भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराएको छ । संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । 

“एकीकृत जाँच चौकी निर्माणका लागि जग्गा नेपालले उपलब्ध गराएको हो, यसको निर्माणको जिम्मेवारी भने नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले लिएको छ, लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो, नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौँ”, कार्यालय प्रमुख खनालले भने । 

उक्त जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको थियो । दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो । एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर, रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य भइरहेको भारतीय पक्षले जनाएको छ । 

जमुनाह नाकाभन्दा पश्चिमतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दशगजाको (भारतनेपाल) दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण काम तीव्ररुपमा भइरहेको छ । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइपिसी) निर्माणको काम अघि बढे पनि २०७७ फागुनदेखि मात्रै निर्माण कार्य अघि बढेको हो । सो परियोजनाको निर्माण सम्पन्न भएमा भन्सार प्रणालीमै आमूल परिवर्तन आउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १ : ३८ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा