कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई « Khabarhub

कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र  सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परेका थिए । एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । 

यी घटनाक्रमका बीच कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १ : ५५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र