कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको योगदान महत्वपूर्ण : अध्यक्ष नेपाल « Khabarhub

कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको योगदान महत्वपूर्ण : अध्यक्ष नेपाल


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन्। 

उनले भ्रष्टाचार निर्मल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे । दोलखा काठमाडौँ सम्पर्क मञ्चले आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व पशुपति चौलागाइँको दोस्रो स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले दोलखाली कम्युनिष्ट पार्टी मात्र नभइ सिंगो दोलखामा उनको भूमिका र योगदान उच्च रहेको बताए । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो दिलु पन्तले चौलागाईँ सरल र सादगी नेता रहेको बताए। उनले नक्कली शरणार्थी अनुसन्धानमा सत्यतथ्य सार्वजनिक गर्न सहयोग गर्ने उद्देश्यले आफ्नो पार्टीले आज देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए । 

पोलिटब्यूरो सदस्य शिव भण्डारी, पार्टीका केन्द्रीय सदस्य चुनु केसी लगायतका नेताले चौलागाइँ सामाजिक विकास तथा आर्थिक व्यवस्थापनमा पारदर्शी रहेको आदर्श नेताका रूपमा नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताए । दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीले मुलुकको राजनीतिक विकास क्रममा चौलागाइँको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।

दुई वर्षअघि कोरोनाको उपचारको क्रममा निधन भएका चौलागाईँ तत्कालीन अवस्थामा नेकपा (एमाले)को पोलिटब्युरो सदस्य थिए भने दुई कार्यकाल दोलखाको सभासद् भएका थिए।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  २ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै