सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री कार्की « Khabarhub

सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री कार्की


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उनले  वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताए।

मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले  सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै  मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याए ।  उनले  सामुदायिक वनको माध्यमबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान, वन पैदावरको विकास भएको बताए । 

साझा सभ्यताको स्रोत एवं सबै समुदायलाई  जोड्ने भएकाले प्रदेशको नाम रुपमा ‘कोशी’ राखिएको जानकारी दिँदै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशतको मतदान, सर्वदलीय सहमति एवं संवैधानिक कानुनका आधारमा नाम नामाकरण गरिएको प्रष्ट पारे ।

समारोहमा प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, सामुदायिक वनका केन्द्रीय अध्यक्ष  भारती पाठक, प्रदेश अध्यक्ष तुलसी सङ्गौला, उपाध्यक्ष गोपालमान थापा लगायतले सामुदायिक वनले गरिबी निवारण, सुशासन एवं समावेशी कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखे ।

अधिवेशनमा १४ जिल्लाका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ भने  नयाँ नेतृत्व चयन गरिने सोही अवसरमा जानकारी दिइयो । प्रदेशमा  तीन हजार सात सय  ७५ सामुदायिक वन रहेका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ११ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता