नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग « Khabarhub

नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार संवाद डवलीले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम उनीहरूले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले न्यायिक निष्कर्षमा  पुराउछ कि पुराउदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताइन् । उनले राम्रो काम गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारलाई कमजोर पार्ने काम गर्न नहुने धारणा राखिन् ।

त्यस्तै एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुराउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसँग जोडेर हेर्न नहुने बताए । उनले यस प्रकरणले विश्व जगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्र द्रोह गर्नेलाई कारबाही हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दबाब र प्रभावमा नपर्न खबरदारी गरे ।

त्यस्तै अन्य विद्यार्थी संगठनका नेताहरूले पनि नक्कली भूटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरी संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : १८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड