कृषि ऐन बनाउने तयारी भइरहेको छ : मन्त्री भुसाल « Khabarhub

कृषि ऐन बनाउने तयारी भइरहेको छ : मन्त्री भुसाल


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको जानकारी गराएका हुन् । मूल कृषि ऐन बनाउँदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उनले बताए ।

त्यस्तै मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । यो वर्ष ३८ अर्ब भन्दा बढीको मल आयात गरेको भन्दै आगामी आर्थिक वर्षमा त्यही अनुसारको तयारी गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गरेको निर्यात प्रवर्द्धन गर्ने नीति रहे पनि त्यसअनुसार राज्यले लगानी गर्न नसकेको धारणा राखे । अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उनले बताए

उनले अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढी उत्पादनशील बीउ आवश्यक रहेको बताए । उनले तराईका ५० प्रतिशत जमिन अझै पनि सिँचाइबाट वञ्चित हुन पुगेको र जनशक्तिका अभावका कारण जमिनहरू बाँझो रहने अवस्था देखिएको र जसका कारण उत्पादनमा कमी हुने गरेको पनि बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ४७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर