विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १२, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

भारतका लागि अमेरिका, कतार र मोनाकोका राजदूतले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका छन् ।

‘भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिका, कतार र मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र स्वीकार गर्नुभयो’, राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टी, कतारका राजदूत मोहम्मद हसन जाबिर अल जाबिर र मोनाकोका राजदूत डिडियर गेमरडिङ्गरले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

लस एन्जलसका पूर्वमेयर गार्सेट्टीलाई यस वर्षको मार्चमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भारतका लागि नयाँ अमेरिकी राजदूतको रूपमा प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका गरेका छन् ।

सो आदेशअनुसार जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाबिना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ। यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुनेछैन।

त्यसैगरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्व प्रतिबन्ध हटाउने विषय संलग्न छ जुन सन् २०१९ जुलाई ८ मा लागू भएको थियो ।

राष्ट्रपति पुटिनले दुई देश बीच बढेको तनावका कारण रुसबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिइएको थियो ।

इमरान खान गिरफ्तारपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन, ८ जनाको मृत्यु

पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएका छन् । झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका छ।

प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामावादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिए पछि देशभर तनावको स्थिति सृजना भएको छ ।

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ पनि गरिएको थियो।
पञ्जाब, खैवर पख्तुनख्वा र इस्लामावादमा, प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरिएको थियो। प्रदर्शनकारीहरूले कोर कमान्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेट समेत भत्काएका छन् ।

यसअघि आज पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो । पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट-बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो ।

मङ्गलबार, पिटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ । उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दैछ । कुरेशीलाई पञ्जाब र खैवर पीमा दंगा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन् ।

राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपैयाँको अवमूल्यन हुँदै

पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तरबैङ्क बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ।

मंगलबारकाे कारोबारमा अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो । बुधबार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपैयाँ (करिब १.८५ प्रतिशत) ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जबाफदेहिता ब्युरोले मंगलबार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको टिप्पणी गरिएको छ ।

दक्षिण एसियाली मुलुकमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तराष्ट्रिय मुद्रा कोषको बेलआउट कार्यक्रमको पुनः सुरुवातमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण केही समयदेखि यहाँको रुपैयाँ दबाबमा रहेको छ ।

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प 

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ।

टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।

अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्।

फिनल्यान्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्ध विच्छेद्यका लागि निवेदन

फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध विच्छेद्यका लागि निवेदन दिएकी छन् ।

श्रीमान् मार्कस राइकोनेनसँगको १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मारिनले सबन्ध विच्छेद्यका लागि निवेदन दिएको जनाएकी छन् । उनले सो जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन् ।

‘हामीले सँगै सम्बन्धविच्छेद्यका लागि निवेदन दिएका छौँ । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मारिनले लेखेकी छन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं। हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहन्छौँ ।’

उनीहरुका पाँच वर्षकी छोरी छन् । सीएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा गत २०१९ मा निर्वाचित भएकी थिइन् । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिँदै छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ७ : ५९ बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग