अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने « Khabarhub

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ ।

यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर) को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा आज दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गरेका हुन् । ।

नगरप्रमुख खत्रीले भने, “यहाँ आउनु अगाडि रु आठ–दश लाख सहयोगको घोषणा गरौँला भनेर आएको थिएँ, तर यहाँको अवस्था देख्दा यसको स्थायित्व नै गरेर जानुपर्ने देखेँ, त्यसैले यसका लागि स्थायी भवन निर्माण गर्न आवश्यक जग्गा र भवन निर्माणको काम आउँदो वर्षबाटै सुरु हुने गरी आउँदो बजेटमा व्यवस्था गर्ने गरी अगाडि बढ्नेछौँ, अब यसको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिन्छ ।”

उनले आश्रममा रहेका ५० अनाथ असहायलाई भोजनको व्यवस्था गर्दै थप नौ हजार आर्थिक सहयोग प्रदान गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले अनाथ, असहाय, सडक मानवको उद्धार गरी समाजमा पुनःस्थापना गर्ने र आश्रय दिने काम सहज नभएको भन्दै यस्तो पुण्य कामलाई सबैको सहयोग आवश्यक रहेको बताए ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईँले आठ वर्षअघि सात जना सडक मानवलाई सडकमै गएर खाना खुवाएर सुरु गरिएको यो अभियान आजका दिनसम्म आइपुग्दा भक्तपुरसहित काभ्रे, काठमाडौँ, दाङ र बाराका छवटा शाखामा तीन सय ५० जनालाई उद्धार गरी व्यवस्थितरूपमा राखिएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ८ : २२ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने