काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँको तार्केश्वर नगरपालिका–६ चिसापानीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुसीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको रा१ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई भने पोस्टमार्टमको लागि त्रि।वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ४० बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।