खानेपानीको अभाव झेल्दै लखनावासी « Khabarhub

खानेपानीको अभाव झेल्दै लखनावासी


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ ।

लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताए । ‘जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ’, उनले भने ।

वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुका अनुसार आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको छ । जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयले समेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ ।

वडाको बजेटले खानेपानी योजना कार्यान्वयनका लागि सम्भव नरहेकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष वडाबाट खानेपानी योजना माग गरिएको उनले बताए ।

‘वडामा आउने ५५ लाख रुपैयाँको बजेटले ग्राभेल खसाउनसमेत सकिने स्थिति छैन, त्यसैले खानेपानी, शिक्षा र स्वास्थ्यका समस्यालाई समाधान गर्न पहल गरिदिन  दौडधुप गरिरहेको छु’, वडाध्यक्ष थारुले भने, ‘वडावासीलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि आगामी वर्षको बजेटमा प्राथमिकता दिन सबैलाई अनुरोध गरेको छु ।’

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले लखना क्षेत्रलगायत कोहलपुरका अन्य क्षेत्रमा अझै पनि खानेपानीको समस्या रहेको स्विकार्दै समाधानका लागि पहल भइरहेको बताए ।

लखनावासीले आफूसमक्ष पनि खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्याबारे जानकारी गराएको सुनाउँदै उनले सङ्घीय, प्रदेश र नगरपालिकासँग समन्वय गरेर समस्याको समाधान हुने गरी आफूले कार्य योजना बनाएको उल्लेख गरे ।

नगरपालिकाको दुर्गममा रहेको वडा नं ७ को लखनालगायत बस्तीलाई सडक पूर्वाधार सँगसँगै खानेपानी, शिक्षा र स्वास्थ्यको समस्या समाधान गर्न योजनाबद्ध तरिकाले काम गर्नुपर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले बताइन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ३९ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका