खानेपानीको अभाव झेल्दै लखनावासी « Khabarhub

खानेपानीको अभाव झेल्दै लखनावासी


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ ।

लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताए । ‘जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ’, उनले भने ।

वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुका अनुसार आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको छ । जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयले समेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ ।

वडाको बजेटले खानेपानी योजना कार्यान्वयनका लागि सम्भव नरहेकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष वडाबाट खानेपानी योजना माग गरिएको उनले बताए ।

‘वडामा आउने ५५ लाख रुपैयाँको बजेटले ग्राभेल खसाउनसमेत सकिने स्थिति छैन, त्यसैले खानेपानी, शिक्षा र स्वास्थ्यका समस्यालाई समाधान गर्न पहल गरिदिन  दौडधुप गरिरहेको छु’, वडाध्यक्ष थारुले भने, ‘वडावासीलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि आगामी वर्षको बजेटमा प्राथमिकता दिन सबैलाई अनुरोध गरेको छु ।’

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले लखना क्षेत्रलगायत कोहलपुरका अन्य क्षेत्रमा अझै पनि खानेपानीको समस्या रहेको स्विकार्दै समाधानका लागि पहल भइरहेको बताए ।

लखनावासीले आफूसमक्ष पनि खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्याबारे जानकारी गराएको सुनाउँदै उनले सङ्घीय, प्रदेश र नगरपालिकासँग समन्वय गरेर समस्याको समाधान हुने गरी आफूले कार्य योजना बनाएको उल्लेख गरे ।

नगरपालिकाको दुर्गममा रहेको वडा नं ७ को लखनालगायत बस्तीलाई सडक पूर्वाधार सँगसँगै खानेपानी, शिक्षा र स्वास्थ्यको समस्या समाधान गर्न योजनाबद्ध तरिकाले काम गर्नुपर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले बताइन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ३९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल