अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं २० स्थायी भएका ५६ वर्षीय ओम शाक्य रहेका छन् ।

उनले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र प्रतिष्ठित हाेटलमा मासिक दुई लाख सम्मको तबल हुने काम लगाइ दिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी १५ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई ठगि गरेकाे आराेपमा वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उक्त कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार कालीमाटीबाट पक्राउ गरेको हो ।

उनीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ४ : ०१ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।