रसुवामा आयुर्वेद उपचार प्रभावकारी « Khabarhub

रसुवामा आयुर्वेद उपचार प्रभावकारी


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रसुवा- आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबै औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् ।

सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध हुन थालेकाले उपचार गराउनेको सङ्ख्या बढ्न थालेको छ ।

विसं २०५७ मा धुञ्चेमा जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना भएको थियो । उक्त केन्द्रले औषधिका साथै शारीरिक व्यायामलाई पनि जोड दिँदै आएको छ । पछिल्लो समय कार्यालय प्राङ्गणमा नियमित व्यायाम गराउन थालिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गत साउनदेखि हालसम्म चार हजार दुई सय १५ महिलासहित सात हजार आठ सय नौ जनाले आयुर्वेदिक सेवा लिएका छन् । जिल्लावासीको आकर्षण बढ्न थालेकाले जङ्गलमै खेर गइरहेका जडीबुटी उपभोग सम्बन्धी प्रशिक्षण दिनुपर्ने आवश्यकता बढेको स्वास्थ्यकर्मीको भनाइ थियो ।

उपचारका लागि गानुगोलालगायत पेटसम्बन्धी, हाडजोर्नी तथा नसा, मलद्वार, पायल्स, फिस्टुला, फिसर, मधुमेह, उच्च रक्तचाप, थाइरोइड, दम, पिनास, माइग्रेन, टाउको दुख्नेलगायत बिरामी आउने गरेको उक्त केन्द्रका निमित्त प्रमुख डा चन्द्रवली शाहले बताइन् ।

उनले नागरिकलाई प्रभावकारी उपचार दिने उद्देश्यले औषधिसहित स्वास्थ्यकर्मी तयार गरिएकाले कुनै रोग लागेमा वा लाग्न सक्ने सङ्केत देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउन सबैलाई आग्रह गरीन् ।

‘रोग लाग्न नदिन प्रवर्द्धनात्मक स्वास्थ्य सेवा अन्तरगत स्वास्थ्य जीवनशैली अपनाउने उद्देश्यले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसाथ गर्दै आयुर्वेद उपचारलाई प्रभावकारी बनाउँदै गरिएको छ’, डा शाहले भनिन् । सदरमुकाम धुञ्चेस्थित साविक कृषि विकास कार्यालयको भवनबाट आयुर्वेद सम्बन्धी उपचार सेवा प्रदान भइरहेको छ ।

उपचारका लागि धामी झाँक्रीमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको र आयुर्वेदिक औषधि सेवनले कुनै असर नगरी रोग निको पार्ने भएकाले यसतर्फ आकर्षण बढेकाे जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ४ : ४४ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर