शाहरुखका छोरालाई जोगाउन २५ करोड घुस माग « Khabarhub

शाहरुखका छोरालाई जोगाउन २५ करोड घुस माग


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता शाहरुख खानका छोरा आर्यन खान सन् २०२१ मा एक क्रुज ड्रग्स मामलामा पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का पूर्व जोनल निर्देशक समीर वानखेडे यतिबेला चर्चामा छन् । सीबीआईको टिमले समीरको घरमा गत शुक्रबार छापा मारेको थियो।

सीबीआईका अनुसार समीरले क्रुज ड्रग्स मुद्दामा आर्यनलाई नफसाउनका लागि उनका पिता शाहरुख खानसँग २५ करोड रुपैयाँ घुस मागेका थिए । यो मामलामा समीरका एक साथीले ५० लाख रुपैयाँ लिएका थिए । सीबीआईले समीरविरुद्ध घुस मागेको आरोपमा एफआईआर दर्ता गराएको छ ।

सीबीआईले समीरसहित ४ जनाविरुद्ध मुद्दा दर्ता गर्दै मुम्बई, दिल्ली, राँची र कानपुरका २९ स्थानमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले आपत्तिजनक दस्ताबेज, वस्तुहरू र नगद बरामद गरेको छ ।

सीबीआईले यो मामलामा अनुसन्धान गरिरहेको छ । सन् २०२१ मा मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा रेव पार्टीको सूचना पाएपछि एनसीबीले छापामा मारेको थियो ।

यो छापामारीमा शाहरुखका छोरा आर्यनसहित उनका साथीहरु पक्राउ परेका थिए । यसपछि आर्यनलाई जेल पठाइएको थियो । जेल पठाएको एक महिनापछि मात्र उनले जमानत पाएका थिए । यद्यपि यो मामलामा आर्यनले ‘क्लिन चिट’ पाइसकेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ४५ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति