पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहाइपछि घर फिर्ता « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहाइपछि घर फिर्ता


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना समर्थक र सुरक्षा बलबीच केही दिनदेखि जारी झडपलाई ‘गैरकानुनी’ घोषित गरेपछि शनिबार रिहाईपछि घर फर्किए ।

गत वर्षको अप्रिलमा सत्ताबाट हटाइए यता दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका सप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानलाई जमानतमा रिहा गरिएको हो ।

उनको पक्राउपछि आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिएभने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा समेत क्षति पु¥याएका थिए ।

रिहा भएपछि इस्लामाबाद उच्च अदालतबाट खानले एएफपीसँग भने, “देशको सबैभन्दा ठूलो पार्टीका प्रमुखलाई षड्यन्त्रपूर्वक अपहरण गरिएको थियो । उच्च अदालतबाट अपहरण गरिएको थियो र सिङ्गो राष्ट्रको सामुन्ने अपहरण गरिएको थियो ।” पक्राउपछिको प्रदर्शनबारे स्पष्टिकरण दिँदै उनले भने, “उनीहरूले मलाई आतङ्कवादीजस्तो व्यवहार गरे, यसको प्रतिक्रिया हुनुपथ्यो ।”

गत अप्रिलमा अविश्वासको प्रस्तावमा सत्ताबाट हटेपछि खानले सरकार र सरकारी सुरक्षा निकायविरूद्ध पटक–पटक आन्दोलित भएको छ ।

यसअघि, सरकारको गठबन्धनका प्रमुख तथा प्रधानमन्त्री शहबाज सरिफले हिंसालाई ‘सहयोग गर्ने, उक्साउने र भड्काउने’ कार्यमा संलग्नलाई ७२ घण्टाभित्र पक्राउ गर्नुपर्ने चेतावनी दिएका थिए।

लाहोर भ्रमणका क्रममा उनले भने, “राज्यविरोधी व्यवहार प्रदर्शन गर्नेलाई पक्राउ गरी आतङ्कवाद विरोधी अदालतमा मुद्दा चलाइनेछ ।”

खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका वरिष्ठ नेतृत्वका भएको आन्दोलनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने सयौँको सङ्ख्यामा पक्राउ गरिएको छ ।

गृहमन्त्री राना सनाउल्लाले निकै लोकप्रिय रहेका खानलाई शरद ऋतुमा हुने चुनावअघि प्रहरीले पुनः पक्राउ गर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : २६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको