घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित « Khabarhub

घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु मैदानमा रियल म्याड्रिडले कठिन जित निकालेको छ।

स्पेनिस ला लिगाको जारी खेलमा रियलले गेटाफेमाथि १–० को झिनो जित निकालेको हो।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

घरेलु टोली रियल माथी चर्को दबाबमा राखे पनि गेटाफेले कुनै गोल गर्न सकेन। रियललाई गोलरहित अवस्थामा राख्ने रणनीति अनुसारअ अघि बढेको गेटाफेले पहिलो हाफमा कुनै गोल गर्न दिएन।

तर, दोस्रो हाफमा मार्को एसेन्सियोले गोल गरे पछि रियलले १–० को अग्रता लिन सफल भयो। दुवैतर्फवाट कुनै गोल हुन नसके पछि लुकास भास्क्वेजको पासमा एसेन्सियोले गरेको गोल नै निर्णायक बन्न पुग्यो। र, खेल १–० मा टुंगियो।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले ३४ खेलबाट ७१ अंक जम्मा गरेको छ भने पराजित गेटाफे ३४ अंक जोडेर १८औं स्थानमा सीमित छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ११ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि