मोदी इनर्जीको आईपीओ बाँडफाँड « Khabarhub

मोदी इनर्जीको आईपीओ बाँडफाँड


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीको आईपीओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । 

यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले यसअघि १ लाख २८ हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र सामूहिक लगानी कोष योजनाहरूलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १२ : ५३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय