कतार पुलिसमा जागिरको प्रलोभन देखाई रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

कतार पुलिसमा जागिरको प्रलोभन देखाई रकम ठगी गर्ने एक जना पक्राउ 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि कतारमा पठाइदिन्छु भन्दै एक जनाले ६९ लाख रुपैयाँ ठगी गरेका छन् ।

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका १० थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बूले वैदेशिक रोजगारीको लागि कतार पठाउने प्रलोभनमा ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले कतार पुलिसको जागिरको लागि कतार पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेका थिए । उनले प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बूले १ लाख भन्दा बढी तलब हुने विश्वास दलाई, प्रलोभनमा पारी उनीहरूबाट पटक-पटक गरी ६९ लाख रुपैयाँ लिएका थिए । रकम उठाएर उनी सम्पर्कविहीन बनेका थिए ।

उनलाई धुम्वाराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको