सप्तरीमा हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला « Khabarhub

सप्तरीमा हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।

रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडक खण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो ।

तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । 

प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : २७ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन