मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सक्दैन : अध्यक्ष ढकाल « Khabarhub

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सक्दैन : अध्यक्ष ढकाल


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने जनाएका हुन ।  

केन्द्रिय बैंक, राष्ट्र बैंकले बैंकको कर्जामा पुनर्तालिकीकरण र पुनः संरचनाको सुविधा दिएपनि पाँच करोडमा मात्रै सीमित बनायो, असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनर्तालिकीकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,’ उनले भने, ‘यसकारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि निजी क्षेत्रलाई उत्साहित बनाउन सकेको छैन । ’ 

वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको उनको भनाई छ ।  जसका कारण अझै पनि मुलुक चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको उनको भनाई छ । यद्यपि, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उद्योग वाणिज्य महासङ्घले दिएका सुझावहरू सम्बोधन भए पनि पूर्ण रुपमा लागू नगरिएको उनको गुनासो थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ०४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा