आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न ग्रामीण भेगमा प्रहरीको गस्ती « Khabarhub

आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न ग्रामीण भेगमा प्रहरीको गस्ती


१ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेदकोट – ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ।

जिल्लाका नौवटै स्थानीय तहका ग्रामीण भेगमा गस्तीमार्फत प्रहरीले पहुँच बढाइरहेको हो। प्रहरीको पहुँच नपुग्ने ग्रामीण भेगमा मातहतका युनिटले गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

“ग्रामीण भेगमा प्रहरीको पहुँच पुर्‍याउन गस्ती गरिरहेका छौँ, त्यहाँको वस्तुस्थिति तथा सूचना सङ्कलन गर्ने काम भइरहेको छ”, उनले भने, “यसले आपराधिक क्रियाकलाप पनि न्यूनीकरण हुन्छ”, ग्रामीण गस्तीका लागि प्रहरीले सुरक्षा योजना बनाएको छ। सोहीअनुसार प्रत्येक दिन ग्रामीण भेगमा गस्ती हुने गरेको छ।

कतै हिँडेर त कतै साइकल, मोटरसाइल तथा भ्यानमा प्रहरी गस्तीमा जाने गरेका छन्। कञ्चनपुरमा प्रहरी निरीक्षकको नेतृत्व रहने छवटा इलाका प्रहरी कार्यालय रहेका छन्। सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तर ग्रामीण क्षेत्रमा गस्ती भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए।

“ग्रामीण भेगमा गस्तीका लागि छुट्टै सुरक्षा योजना बनाएका छौँ, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रलाई प्राथमिकता दिएकाछौँ”, उनले भने, “गाउँगाउँमा पुगेर स्थानीयसँग साक्षात्कार गर्दै गुनासो, पिर मर्का सुन्ने गरिएको छ”, गस्तीका क्रममा ग्रामीण भेगमा जनचेतना जगाउनुका साथै सडकमा चल्ने सवारी साधन जाँच गर्ने गरिन्छ। इलाका प्रहरी कार्यालय झलारी मातहत सात वटा युनिट छन्। शनिबार, सोमबार र बिहीबार गरेर साताको तीन दिन ग्रामीण गस्तीमा प्रहरी जाने गरेको छ।

इलाका प्रहरी कार्यालय झलारी, अस्थायी प्रहरी पोष्ट बन्साह र प्रहरी बिट कलुवापुरबाट संयुक्तरुपमा करिब १२ जनाको टोली ग्रामीण गस्तीका लागि जाने गरेको प्रहरी निरीक्षक शाहीले बताए।

“प्रत्येक दिनपिच्छे फरक फरक रुटमा हामी गस्ती निस्किन्छौँ”, उनले भने, “मातहतका युनिटसँग समन्वय गरेर संयुक्त गस्ती हुन्छ, शनिबार सातदेखि १२ जनासम्म प्रहरी सम्मिलित भएर परिचालन हुने गरेका छौँ।” उनका अनुसार सोमबार इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकबार र अस्थायी प्रहरी पोष्ट गजरौला तथा बिहीबार अस्थायी प्रहरी पोष्ट वाणी र अस्थायी प्रहरी पोष्ट पहरियाबाट संयुक्त गस्ती हुने गरेको छ।

इलाका प्रहरी कार्यालय झलारी मातहतमा शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका ५ र ४ को केही भाग पर्छ। प्रहरीको पहुँच नरहेको ग्रामीण भेगमा गस्तीमार्फत पहुँच बढेपछि आपराधिक क्रियाकलापमा कमी आउने विश्वास लिइएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १० : ३७ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई