सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जना पक्राउ | Khabarhub Khabarhub

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जना पक्राउ


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

मनहरी– सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा  मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र साेहि ठाउँका ३५ वर्षीय अकवर लामा रहेका छन् ।

उनीहरु काभ्रेपलान्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

वैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैयाँ चोरी गरी फरार भएकाउनीहरुलाई विशेष सूचनाका आधारमा इन्द्रसरोवर गाउँपालिकाबाट नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनीहरूको साथबाट नगद  पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  २ : ३३ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी