सशस्त्र प्रहरीद्वारा अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद  « Khabarhub

सशस्त्र प्रहरीद्वारा अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद 


१ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु–  सशस्त्र प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ ।

कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको हो ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।

यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोटरपार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको