कठोर समलिंगी कानुन र नाइजेरिया | Khabarhub Khabarhub

कठोर समलिंगी कानुन र नाइजेरिया

ब्ल्याकमेलिङको नयाँ शैली


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नाइजेरियामा अफ्रिकाकै सबै भन्दा कठोर समलिङ्गी कानुन पास भएपछि एलजीबीटीक्यु सुरक्षितसँग सम्पर्क गर्नका लागि इन्टरनेट उपयोगी माध्यम भएको छ। यसैगरी क्रिमिनल ग्याङ पनि इन्टरनेटकै सहारामा पुगेका छन्। अहिले त्यहाँ डेटिङ एपको व्यापक प्रयोग भएको छ। मोहम्मदका लागि नाइजेरियामा गे भएर बाच्न ज्यादै कठिन काम हो। नयाँ पार्टनर खोज्नका लागि उनी सधैँ प्रयासरत थिए। तर, एक पटक चुकेपछि ज्यान नै जाने खतरा हुन्छ।

तीन सन्तानका बाबु उनी सधैँ सचेत छन्। मोहम्मद एक पटक च्याट गर्न पनि पुगेका थिए। उनले इन्टरनेटमा ती व्यक्ति जमाललाई भेट्टाएका थिए। त्यो अनुसार भेट्ने कुरा भएको थियो। एक साँझ उनीहरू भेटे। भेटेर आफूहरुले तय गरेको स्थानमा पनि गए। एक पटक नुहाउन लुगा फुकालेपछि एउटा समूह नै आएर उसलाई कुटपिट गरेको थियो।

मोहम्मदका लागि नाइजेरियामा गे भएर बाच्न ज्यादै कठिन काम हो। नयाँ पार्टनर खोज्नका लागि उनी सधैँ प्रयासरत थिए। तर, एक पटक चुकेपछि ज्यान नै जाने खतरा हुन्छ।

जमाल र उनका साथीले नाङ्गो बनाएर भिडियो बनाए। भिडियो बनाइ सकेपछि पैसाका लागि ब्ल्याकमेलिङ गरियो। ‘मैले कल्पना पनि गरेको थिइन कि मैले विश्वास गरेको कसैले मलाई यस्तो समेत गर्छ भन्ने उनको गुनासो छ। जब भिडियो अनलाइनमा आयो, यसले मोहम्मदका लागि धेरै नै समस्या खडा भयो । उनले आफ्नो यौनिक परिचयलाई गोप्य राखेका थिए। यसै आधारमा उनले विवाह गरेका थिए र बच्चा पनि हुर्काइ रहेका थिए।

भिडियो बाहिर आएपछि उनी बाहिर हिँड्दा पनि मास्कले अनुहार ढाकेर हिँड्न थाले। म कराई रहेको थिएँ। साथै मैले आफूलाई मार्न चाहेको थिएँ। उनले त्यो घटनापछि एउटा यस्तो घटना भएको थियो, जसले उसलाई बचाएको थियो।

‘मैले मेरा तीन सन्तानलाई फोन गरेँ। यसमध्ये एउटाले भन्यो कि उ उसको बाबुलाई प्रेम गर्छ। चाहे उ जेसुकै होस,’ उनले अघि भने, ‘उसैले मलाई मर्नु नहुने कारण दिएको थियो।’ मोहम्मदका त्यसपछिका घटना त अझ बढी पीडादायक र वियोगान्त छन्।

नाइजेरियामा एलजीबीटीक्युका लागि काम गर्ने संस्थाले जनाए अनुसार मोहम्मदको जस्तै कथा हुने नाइजेरियामा सातामा १५ देखि २० जना उनीहरूका कहाँ पुग्ने गरेका छन्। एलजीबीटीक्यूलाई ट्यापमा पार्ने प्रचलनलाई नाइजेरियामा किटो भनिन्छ। अफ्रिका आइले यसरी समस्यामा तथा मर्कामा पर्ने २१ जना किटो पीडितसँग सम्पर्क गरेको थियो।

नाइजेरियामा एलजीबीटीक्युका लागि काम गर्ने संस्थाले जनाए अनुसार मोहम्मदको जस्तै कथा हुने नाइजेरियामा सातामा १५ देखि २० जना उनीहरूका कहाँ पुग्ने गरेका छन्।

एमानुएलको कथा पनि त्यस्तै छ। आफ्नो साथीसँग उनी च्याट गरिरहेका थिए। उनलाई साथीको एकाउन्ट ह्याक भएको नै थाहा थिएन। जब उनलाई भेट्ने व्यवस्था मिलाए, त्यसपछि त पाँच जना मानिसको घेरा बन्दीमा परे। ‘तिनीहरूले एकदमै वाहियात प्रश्न गर्दै मेरो भिडियो बनाए,’ उनले भने, ‘उनीहरूले मेरो स्कुलको नाम, परिवार र विवरण नै सोधेका थिए।’ उनीहरूले यसलाई भिडियो बनाएर बाहिर ल्याउने थाहा पाएर मैले गलत जवाफ दिए।’

त्यो समूहको भिडियो पोस्ट त गरेन। तर, एक हजार अमेरिकी डलर बराबरको रकम ब्ल्याकमेलको झन्झटमा उनी फसे। उनीहरूलाई पैसा दिएपछि मात्र एमानुएलले छुटकारा पाए। सन् २०१४ मा नाइजेरियामा ‘सेम सेक्स विवाह’ सम्बन्धी कानुन पास भएको थियो। सो कानुन अनुसार समान लैङ्गिक पहिचान भएकाको बीचमा विवाह भए १४ वर्षसम्म जेल सजाय हुनसक्छ । समान लिङ्ग भएको जोडी सार्वजनिक रूपमा देखेमा या समान लैङ्गिक पहिचान भएकाको बीचको सम्बन्ध भएको थाहा भएमा १० वर्ष जेल सजाय हुनेछ।

त्यहाँ गे क्लबमाथि प्रतिबन्ध लगाइयो। जसले गे क्लब दर्ता गर्छ, गे क्लब चलाउँछ अथवा यिनीहरूलाई सहयोग गर्छ यिनीहरू माथि १० वर्षको जेल सजाय हुनसक्छ। सो कानुनले स्थानीय तहबाट पनि व्यापक समर्थन पाएको थियो। यस विषयमा नाइजेरियाको कानुन अफ्रिकामै सबै भन्दा कठोर हो। ह्युमन राइट वाचले पनि नयाँ कानुनले एजलीबीटीक्यूलाई धेरै अप्ठेरो पारेको जनाएको छ।

कानुन अनुसार समान लैङ्गिक पहिचान भएकाको बीचमा विवाह भए १४ वर्षसम्म जेल सजाय हुनसक्छ । समान लिङ्ग भएको जोडी सार्वजनिक रूपमा देखेमा या समान लैङ्गिक पहिचान भएकाको बीचको सम्बन्ध भएको थाहा भएमा १० वर्ष जेल सजाय हुनेछ।

सन् २०१४ मा नै यसरी एलजीबीटीक्युलाई दमन गर्ने हो भने किटोको प्रचलन धेरै बढ्ने जनाएका थिए। खुलम खुला गे महिलाको रूपमा रहेकी फिल्म निर्माता युयाडेउ एक्पे एटीम पनि एलजीबीटी माथिको कानुन कडा भएको बताउँछिन्। ‘हरेक दिन इन्टरनेटले नयाँ कथा बनाएको हुन्छ। कतिपयलाई त मृत्युसम्म पनि धकेलेको हुन्छ।’

नाइजेरिया समाज पनि एलजीबीटीक्यू प्रति नकारात्मक छ। धेरै जना त एलजीबीटीक्युको मृत्युको कामना गर्नेसमेत छन्। उनीहरू बाहिर नै नआएको हेर्न चाहन्छन्। आक्रमणमा परेपछि प्रहरी कहाँ जाँदा आफै समस्यामा पर्ने र जेल सजाय हुन सक्ने भएका कारण कोही पनि प्रहरीसम्म जान सक्दैनन। यसले त्यहाँका एलजीबीटीक्युको समस्या झनै थपिएको छ।

अहिले त्यहाँ यस किसिमको ब्ल्याक मेललाई रोक्न कानुन पनि बन्दै छ। यसका लागि त्यहाँको प्रहरीले नै नक्कली एलजीबीटीक्यु रूपमा गफ गरेर ब्ल्याक मेल गर्नेलाई पक्रने नीति लिएको छ। त्यहाँका सेक्युरिटी एन्ड सिभिल डिफेन्सका प्रवक्ताले ब्ल्यामेलिङलाई अत्यन्त खराब अपराध बताएका छन्। उनले आफ्नो टेबलमा जसले यसलाई ल्याए पनि तत्काल निराकरण गर्ने बताएका छन्।

नाइजेरिया समाज पनि एलजीबीटीक्यू प्रति नकारात्मक छ। धेरै जना त एलजीबीटीक्युको मृत्युको कामना गर्नेसमेत छन्। उनीहरू बाहिर नै नआएको हेर्न चाहन्छन्।

अहिले पीडितले प्रहरी कहाँ ग्याङको सम्पर्क र फोटो उपलब्ध पनि गराउन थालेका छन्। यसै कारण प्रहरीलाई पनि सहज भएको छ। अहिले सुरक्षा निकायको प्रतिबद्धता नाइजेरियामा उनीहरू जहाँ रहे पनि पत्ता लगाउन सकिन्छ भन्ने नै हो। यो काममा एउटा कानुनी अड्चन भने छ। अदालतमा पीडितलाई लैजान नमिल्ने अचम्मको अवस्था छ। केही व्यक्ति भने अदालतमा प्रस्ट भएरै आफ्नो पहिचान खुलाउन थालेका छन्।

त्यहाँ ब्ल्याक मेल गरिएका भिडियो सार्वजनिक भएपछि धेरैको रोजगारी खोसिएको छ। धेरैको परिवार तहसनहस भएको छ। केही घरबाट बाहिर निकालिएका छन्। मोहम्मदका लागि भिडियो सार्वजनिक हुनु नै पीडाको विषय हो।
स्रोतः बीबीसी

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ८ : १९ बजे

कोशी प्रदेशसभाबाट बजेट पारित, २२ महिनापछि छानिए समिति सभापति

विराटनगर– कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी

बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

भारतको बेंगलुरुमा नेपाली युवतीको हत्या, फ्रीजमा भेटिए शरीरका ३० टुक्रा

काठमाडौं- भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच न्यूयोर्कमा भेटवार्ता हुँदै

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन

११ अंकले बढ्यो नेप्से, ५ अर्ब ९ करोडको शेयर किनबेच

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ अंकले बढेको छ