स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कैलाली– स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १० बस्ने २९ वर्षीय अक्षय राना र सोही ठाउँ बस्ने २८ वर्षीय विजय राना रहेका छन् ।

धनगढी उपमहानगरपालिका ४ उत्तर बेहडी चोकबाट स्रोत नखुलेको ४१ हजार नेपाली रुपैयाँ र ९ लाख भारतीय रुपैयाँसहित उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९ प ३८०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ३ : ०९ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी