भारतले रुसी तेल युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख « Khabarhub

भारतले रुसी तेल युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले यसलाई रोक्नुपर्ने बताएका छन् ।

मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा उनले भनेका छन्, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नुपर्छ ।’

रुसले युक्रेनमा आक्रमण गरेदेखि भारत रूसी तेलको प्रमुख खरिदकर्ता भएको उल्लेख गर्दै उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताए ।

‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।

यद्यपि, बोरेलले यसबारे भारतीय विदेशमन्त्रीसँग कुरा उठाउने बताएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर र बोरेलबीच मंगलबार भेटवार्ता हुँदैछ ।

 

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : १६ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री