भारतले रुसी तेल युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख « Khabarhub

भारतले रुसी तेल युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले यसलाई रोक्नुपर्ने बताएका छन् ।

मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा उनले भनेका छन्, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नुपर्छ ।’

रुसले युक्रेनमा आक्रमण गरेदेखि भारत रूसी तेलको प्रमुख खरिदकर्ता भएको उल्लेख गर्दै उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताए ।

‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।

यद्यपि, बोरेलले यसबारे भारतीय विदेशमन्त्रीसँग कुरा उठाउने बताएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर र बोरेलबीच मंगलबार भेटवार्ता हुँदैछ ।

 

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : १६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब