चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र’ महोत्सव आयोजना गर्ने « Khabarhub

चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र’ महोत्सव आयोजना गर्ने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।

जेठ २ गते बसेको बोर्ड बैठकले आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने निर्णय गरेको बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले बताए ।

महोत्सवको संयोजकमा प्रवक्ता बुढाथोकीलाई नै तोकिएको छ । उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्महरूको प्रदर्शनी हुनेछ ।

साथै, फिल्म ज्ञान सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा फिल्म नृत्य प्रतियोगिता समेत हुनेछ ।

महोत्सवको दौरान ’बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्य दृश्य सामग्री समेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताए ।

बालबालिकाहरू माझ फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, बालबालिकाहरूलाई फिल्मको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवहरूमा नेपालका बालबालिकाहरू तथा उनीहरूले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुर्‍याउने, आदि उद्देश्यका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : ५६ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित