लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्रको नियन्त्रणमा « Khabarhub

लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्रको नियन्त्रणमा


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रौतहट– लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट जिल्लाको राजपुर नगरपालिका १ स्थित पिप्रा भगवानपुरबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडासहितको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बिआर ०६ सिबि ३८६४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।

यसैगरी, सोही जिल्लाको गौर नगरपालिका २ स्थित बकैया खोला इलाकाबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको विल विजक बिनाको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

नियन्त्रणमा लिइएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ७ : २३ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी