वन क्षेत्रमा सिकार खेल्न हिँडेका तीन जना पक्राउ « Khabarhub

वन क्षेत्रमा सिकार खेल्न हिँडेका तीन जना पक्राउ


३ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमिटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रबाट उनीहरू हतियारसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेमबहादुर भोलन र ३८ वर्षीय अमिर स्याङतान छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीबाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

तिनै जनालाई हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको