पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु भएको छ । पाकिस्तानबाट प्रसारण हुने एआरवाई समाचार च्यानलका अनुसार पाकिस्तानको कराँचीमा रहेको एक अस्पतालमा २८ वर्षे पुरुषको मृत्यु भएको हो ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार कङ्गो भाइरसका कारण मृत्यु भएका २८ वर्षे मोहम्मद आदिल लियाकतावादमा बसोबास गर्दै आएका थिए । उनी पेशाले मासुपसले रहेको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुरुमा बिरामीलाई हल्का टाउको दुख्ने लक्षण देखा परेको थियो । केही दिनपछि उनी नजिकैको निजी अस्पतालमा भर्ना भएको र पछि उच्च ज्वरो, नाकबाट रगत बग्नेजस्ता लक्षण देखा परेको थियो । उनलाई डेङ्गु र औलो भएको आशंकामा स्वास्थ्य परीक्षण पनि गरिएको बताइएको छ । यद्यपि दुबै परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

कङ्गो भाइरस प्रायः परजीविका माध्यमबाट वस्तुभाउबाट मानिसमा सर्ने बताइएको छ । यस रोगको मृत्युदर उच्च रहेको मानिन्छ । हालसम्म यसविरुद्ध कुनै खोप उपलब्ध छैन ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ४९ बजे

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट