नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्रीद्वारा एमएसआई केन्द्र अवलोकन « Khabarhub

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्रीद्वारा एमएसआई केन्द्र अवलोकन


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा  पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको अवलोकन गरेका छन् । 

सो अवसरमा एमएसआई नेपालका वरिष्ठ सल्लाहकार डा केपी उपाध्याय र कार्यकारी निर्देशक तुषार निरौलाले नेपालमा एमएसआईले यौन तथा प्रजनन स्वास्थ्य सेवा र अधिकारको पैरवी क्षेत्रमा  गरिराखेका सेवा तथा कामका बारेमा  जानकारी दिएका थिए ।  

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा नर्वे सरकारले लामो समयदेखि एमएसआईलाई आर्थिक सहयोग गर्दै आएको छ । यसैको फलस्वरुप  सो क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ । नेपालमा भएको परिवर्तन तथा प्राप्त उपलब्धिलाई दिगो बनाउन आवश्यक पर्ने सहयोगको महत्वबारे नर्वेको उच्च प्रतिनिधिमण्डललाई एमएसआईको तर्फबाट सो द्विपक्षीय भेटमा जानकारी गराइएको थियो । 

नर्वे सरकारको विकास सहायतासम्बन्धी निकाय (नोराड) ले सन् २०१४ देखि नेपालका दुर्गम भेगमा महिलालाई गर्भनिरोधक उपायसम्बन्धी सेवा र औषधिद्वारा गरिने गर्भपतन (मेडिकल एर्बोसन) सुविधा प्रदान गर्न एमएसआईलाई आर्थिक अनुदान उपलब्ध गराइरहेको छ । 

समुदायमा परिचालन भएका मिडवाइफ (एमएसआई लेडिज)ले कतिपय अवस्थामा प्रजननसम्बन्धी सेवाको पहुँच नभएका महिलालाई सेवा दिनका लागि छदेखि आठ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था विद्यमान छ । यही अवस्थालाई ध्यान दिएर एमएसआईले समुदाय तहमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । भ्रमणका क्रममा नर्वेका प्रतिनिधिमण्डलले एमएसआईका सदस्य र संस्थाको सहयोग पाइरहेका किशोरीसँग प्रत्यक्ष भेटेर प्रजनन स्वास्थ्य र छनोटको पहुँचपछि उनीहरूको जीवनमा भएको परिवर्तनबारे जानकारी लिएको थियो  । 

सो अवसरमा नर्वे सरकारको सहायताप्रति आभार प्रकट गर्दै एमएसआई सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक निरौलाले भने , ‘महिला र किशोरीका लागि शिक्षा, शारीरिक स्वायत्तता (आफ्नो शरीरबारे निर्णय लिने अधिकार) तथा जीवनलाई अघि बढाउने मार्ग तय गर्नेलगायत अधिकार प्राप्त गर्न प्रजनन छनोट आधारभूत विषय हो । यसैले नर्वेको सहायतापछि नेपालको महिला र किशोरीको स्वास्थ्य, जीवन र भविष्यका लागि भएका परिवर्तन र यसमा परेको प्रभावबारे जानकारी गराउन पाउँदा हर्षित छौँ ।’

सो अवसरमा नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमले भनिन्, ‘एमएसआई नेपालले निरन्तररूपमा नेपालमा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रभावकारी र महत्वपूर्ण योगदान गरिरहेको छ । यसरी दुर्गम भेगमा विपन्न र पिछडिएका समुदायलाई नौलो तरिका अपनाएर सहयोग गर्दै यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा एमएसआईले गरेको योगदानप्रति म आभार एवं धन्यवाद प्रदान गर्न चाहन्छु ।’

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १२ : २८ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका