नीति तथा कार्यक्रम : सिँचाइका लागि विद्युत् महसुलमा छुट दिइने « Khabarhub

नीति तथा कार्यक्रम : सिँचाइका लागि विद्युत् महसुलमा छुट दिइने


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर विद्युत् महसुलमा छुट दिने कार्यक्रम अगाडि सारेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिँचाइका निम्ति विद्युत् आपूर्तिको सहज व्यवस्था मिलाई विद्युत् महसुलमा छुट दिने नीति अगाडि सारिएको छ ।

यस्तै, साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबवेल वितरण गर्ने, तराईमा तत्काल सिँचाइ नपुग्ने सुक्खा क्षेत्रमा ठूला पोखरी बनाई बर्सातको पानी जम्मा गरी सुक्खायाममा सिँचाइमा प्रयोग गर्न नमूना आयोजनाको सम्भावना अध्ययन गर्ने कार्यक्रम अगाडि सारिएको छ । सिँचाइ तथा विद्युत् उत्पादनका लागि ट्रान्स भ्याली नदी प्रवाह आयोजनालाई निरन्तरता दिने सरकारको कार्यक्रममा समावेश छ ।
त्यस्तै, भौगोलिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिँचाइ प्रविधिमार्फत वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराइनेछ । सिँचाइ गुरुयोजना अद्यावधिक गरी ठूला आयोजना कार्यान्वयन गर्दै लगिनेछ । ठूला तथा बहुउद्देश्यीय सिँचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माण तथा मर्मत कार्य द्रुत गतिमा अघि बढाउने सरकारको कार्यक्रममा समावेश छ । यस्तै, बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माण र सञ्चालनलाई तीव्रता दिने कार्यक्रम अगाडि सारेको सरकारले धादिङको सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

यसैगरी, अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न कृषि वस्तुको प्रमाणीकरण र ब्रान्डिङ गरी बजारीकरण गर्ने, चिया अलैँची र अदुवा जस्ता कृषिवस्तुको निर्यात प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ८ : ०९ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना