विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज जेठ ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जेलेन्स्की र मोदीबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जापानको हिरोसिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, “म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।”

१५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो ।

जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, “उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।”

जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गरेका छन् ।

युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोसिमा पुगेका हुन् । जी–सेभेन साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरू सम्मेलनमा सहभागी हुन हिरोसिमा पुगेका छन् ।

मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिएका थिए ।

युक्रेनी नेताले यसअघि इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गरेका थिए । उनले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गरेका हुन् ।

टेलिग्राममा जेलेन्स्कीले लडाकु जेट प्रदान गर्न अन्तर्राष्ट्रिय गठबन्धनमा बेलायतको नेतृत्वका लागि सुनकलाई धन्यवाद दिएको बताएका थिए ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलसँगको छलफलका क्रममा जेलेन्स्कीले युक्रेनी कृषि उत्पादनमा निर्यात प्रतिबन्ध र जुन ५ पछि थपएिका उपायहरूको ‘अस्वीकार्यता’ बारे आवाज उठाएको पनि उनले आफ्नो टेलिग्राम अकाउन्टमा बताएका छन् ।

ईयूले छिमेकी देशहरूका अतिरिक्त आपूर्तिलाई कम गर्न मद्दत गर्न धेरै युक्रेनी उत्पादनहरूको आयातमा प्रतिबन्धहरूलाई जुन ६ सम्मका लागि अनुमोदन गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्कीको व्यक्तिगत भ्रमणको निर्णयको प्रशंसा गर्दै विकासशील देशहरूसँग संलग्न हुने अवसर ‘परिवर्तनको खेल’ हुन सक्ने बताएका छन् ।

भारतको केन्द्रीय बैंकले दुई हजार रुपैयाँ दरका नोट फिर्ता लिने

भारतको केन्द्रीय बैंकले दुई हजार रुपैयाँ दरका नोट बजारबाट फिर्ता लिने घोषणा गरेको छ ।

भारतीय रिजर्भ बैंकले बैंकहरुलाई ग्राहकका लागि तत्कालै लागू हुनेगरी २ हजार दरका नोट जारी नगर्न निर्देशन दिएको हो । रिजर्भ बैंकका अनुसार यही मे २३ देखि कुनै पनि बैंकमा गएर २ हजारका नोट अन्य दरका नोटसँग साट्न सकिने जनाएको छ ।

भारतीय रिजर्भ बैंकले यही वर्षको सेप्टेम्बर ३० सम्म २ हजार दरका नोट बैंकमा जम्मा गर्न सकिने जनाएको छ । यद्यपि यी नोटहरु सेप्टेम्बर ३० पछि पनि बजारमा प्रयोग गर्न सकिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारत र अमेरिकाबीच प्रतिरक्षा सहयोगलाई सुदृढ बनाउने सहमति

भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउन सहमत भएका छन् । केही दिनअघि वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा एवम् औद्योगिक सहयोगलाई अझ सघन बनाउने सहमति भएको हो ।

भारतका रक्षा सचिव गिरिधर अर्माने र उनका अमेरिकी समकक्षी कोलिन काहल नेतृत्वको द्विपक्षीय बैठकमा भारत–अमेरिका रक्षा साझेदारीको प्रगति समीक्षाका साथै त्यसलाई अझ घनीभूत तुल्याउनेबारेमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । सचिवद्वयले भारत–अमेरिका रक्षा नीति समूहको १७ औँ बैठकको सहअध्यक्षता पनि गरेका थिए ।

रक्षा मन्त्रालयका अनुसार बैठकमा भारत–अमेरिका सैन्य सहायता, द्विपक्षीय प्रतिरक्षा सम्झौताको कार्यान्वयन, हिन्द महासागर क्षेत्रमा जारी सैन्य अभ्यास, साझेदारीका भावी परियोजनाका महत्वपूर्ण पक्षमा छलफल भएको थियो । प्रविधि साझेदारी, दीर्घकालीन अनुसन्धान र विकास, आपूर्ति शृङ्खला, सुरक्षा सुधारलगायत प्रतिरक्षा तथा औद्योगिक सहयोग अभिवृद्धिमा छलफल केन्द्रित थियो ।

प्रतिरक्षासँग सम्बन्धित भारतीय र अमेरिकी प्रतिष्ठानहरूले मिलेर काम गर्न सक्ने सम्भावित क्षेत्र र परियोजनासहित भारतमा सह–विकास एवम् सह–उत्पादनलाई प्रवद्र्धन गर्ने बारेमा पनि छलफल भएको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निजी र सरकारी क्षेत्रबीचको साझेदारी र सहकार्यलाई प्रोत्साहन गर्दै नवप्रवर्तनका परियोजनामा मिलेर काम गर्न दुवै पक्षले सहमति जनाएका छन् ।

अमेरिकी र भारतीय रक्षा मन्त्रालयबीचको सरकारी संयन्त्र रक्षा नीति समूहले प्रतिरक्षा नीतिमा विशेष ध्यान दिँदै द्विपक्षीय रक्षा सहयोगसम्बन्धी सबै पक्षको व्यापक समीक्षा गर्दै आएको छ । समूहका सुझाव र मार्गदर्शनलाई दुवै पक्षले पालना गर्दै आएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अमेरिका भ्रमणललाई लिएर नयाँदिल्ली र वासिङ्टनबीच झाङ्गिदै गएको सुम्बन्धको चर्चा गरेका छन् । आगामी असार ७ गते देखि प्रधानमन्त्री मोदी अमेरिकाको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । भारतसँगको अमेरिकाको साझेदारी र सम्बन्ध प्रभावकारी रहेको बताउँदै प्रवक्ता पटेलले मोदीको भ्रमणबाट अमेरिका– भारत सुरक्षा सम्बन्ध अझ सुदृढ हुने बताए ।

आर्थिक सहयोगका लागि मित्रराष्ट्रको मुख ताक्दै पाकिस्तान

आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ ।

पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुअरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको मुख ताक्न सरकार बाध्य भएका हो ।

आइएमएमसँगको चालु ऋण कार्यक्रम आगमी महिनाको अन्तिममा मात्र समाप्त हुने र नयाँ ऋण प्याकेजका सम्बन्धमा उक्त वित्तीय संस्थाले निर्णय गरिनसकेकाले पाकिस्तान मित्रराष्ट्रसँग वित्तीय सहायता माग्ने बाध्यात्मक परिस्थितिमा पुगेको हो ।

पाकिस्तानले आईएमएफलाई पुरानो ऋणको केही अंश चुक्ता गर्नुपर्नेछ । कालोसूचीमा पर्नबाट जोगिन आगामी महिनाको अन्त्य सम्ममा छ अर्ब डलरको व्यवस्था गर्न आइएमएफले सरकारलाई भनिसकेको छ । आइएमएफका अधिकांश शर्तको पालना गर्न पाकिस्तान सहमत भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा भएका ऋणका कठोर सम्झौतलाई पनि वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको एआरवाई न्युजमा जनाइएको छ ।

एआरवाईका अुनसार पाकिस्तानले अहिलेको वित्तीय समस्याबाट पार पाउन चीनसँग मद्दत मागेको छ । बेइजिङले दुई अर्ब ४० करोड डलर ऋण सहयोग प्रदान गर्ने विश्वास पाकिस्तानी अधिकारीले व्यक्त गरेका छन् ।

यसैबीच, पाकिस्तानका अर्थमन्त्री इशाक दारले कर्मचारी तहमा भएका वार्ता एवम् सम्झौतामा हस्ताक्षर गर्ने वा नगर्ने निर्णय आइएमएममा निहित रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आइएमएफका अधिकांश शर्त पूरा गरिएका तथा पूर्वशर्तहरू लागू गरिएका स्पष्ट गरेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति र युन सुक येल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् ।

कोरियासँगको विशेष राजनीतिक साझेदारी र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा पनि छलफल भएको प्रवक्ता बाग्चीले बताएका छन् । दुवै पक्षले व्यापार, लगानी र प्रविधिका क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । प्राविधिक उपकरण उत्पादन, प्रतिरक्षा र संस्कृति सम्बन्ध विस्तारबारे पनि नेताद्वयबीच विचारविमर्श भएको जनाइएको छ ।

कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले भारतले गरेको जी ट्वेन्टी तथा कोरियाले गरेको हिन्द-प्रशान्त रणनीतिको अध्यक्षताबारे पनि छलफल गरेका थिए । भारतीय प्रधानमन्त्रीको कार्यालयले कोरियाली राष्ट्रपतिसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रहेको बताएको छ । दुवै मुलुकबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको वार्ता विकासका विषयमा केन्द्रित रहेको जनाएको छ ।

आजै प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच भारत-जापान सम्बन्धका सबै पक्षमा समीक्षा भएको थियो । हाल जी ट्वेन्टी र जी सेभेनको अध्यक्षता गरिरहेका सरकार प्रमुखबीचको छलफल विश्वशान्ति र विकासमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्री किसिदाको मैत्रीपूर्ण निमन्त्रणामा जी सेभेनको ४९ औँ वार्षिक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री मोदी जापानको हिरोसिमामा रहेमा छन् ।

रुसद्वारा ओबामासहित ५ सय अमेरिकीमाथि प्रतिबन्धको घोषणा

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ ।

रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।

“वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात हास्” रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ ।

अर्जेन्टिनामा लामो घाँटी भएको डायनासोरको अवशेष फेला

अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन्। उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो ।

सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानबाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

यद्यपि उनीहरु कोही पनि घाइते भने भएनन् । यसअघि सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।

भारतको हरियाणाका प्रहरीलाई वजन घटाउन निर्देशन

भारतको हरियाणा राज्यमा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ ।

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएको हो ।

उनले पबढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताए।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले आज गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई ९व्यायाम० लाइनमा स्थानान्तरण गरिनुपर्छ ।”

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गरेका छन् ।

विजले लेखेका छन्, “अधिक तौल भएका सबै प्रहरी अधिकारी/कर्मचारीहरूलाई प्रहरी लाइनमा स्थानान्तरण गरियोस् र उनीहरूलाई ड्युटीका लागि उपयुक्त नहोउन्जेल व्यायाम गर्न लगाइयोस् ।”

इरानमा तीन जनालाई मृत्युदण्डको सजाय

इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ ।

मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा शहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

मिजानले भनेको छ, “अभियुक्तहरूलाई मुख्यतया ‘ईश्वरविरुद्ध युद्ध’ को आरोप लगाइएको थियो, जुन इरानी अधिकारीहरूले इस्लामी कोडहरूको उल्लङ्घन र ‘राष्ट्रिय सुरक्षामा खलल पुर्याउने’ लगायत विभिन्न अपराधहरूको लागि प्रयोग गरेका थिए ।

मृत्युदण्ड दिइएका व्यक्तिहरू मुजाहिद्दीन–ए–खल्क संगठनको सम्पर्कमा थिए, जसलाई इरानले आतङ्कवादी समूहको रूपमा चित्रण गरेको थियो ।

उनीहरूविरूद्ध इरानी जनता र अधिकारीविरुद्ध धेरै आतङ्कवादी घटनामा संलग्न रहेको आरोप लगाइएको थियो । तेहरानको एक अस्पतालमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि गत वर्ष इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । इरानले संयुक्त राज्य अमेरिका र केही अन्य पश्चिमी देशहरूले देशमा ‘दङ्गा भड्काएको र आतङ्कवादीहरूलाई समर्थन गरेको’ आरोप लगाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ७ : ५९ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र